समय : ०७:२४ pm | मङ्गलबार , कार्तिक १८ गते २०८३

नेप्से परिसूचक ६.६२ अंकले बढ्यो

अर्थ विशेष | कार्तिक १८ गते २०८३

काठमाडौं । शेयर बजार आज सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ६.६२ अंकले बढेर २६६४.१३ को विन्दुमा बन्द भएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ९ वटा समूह बढेका छन् भने ४ वटा समूह घटेका छन्। यो दिन होटल तथा पर्यटन समूह सर्वाधिक १.०७ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक ०.६ प्रतिशतको गिरावट देखिएको छ।

आज बजारमा १४३ कम्पनीको शेयरभाउ बढेको छ भने १२२ कम्पनीको घटेको छ। यो दिन १४ कम्पनीको शेयरभाउ स्थिर बनेको छ।

बजारमा आज ५ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार ग्लोबल आइएमई बैंकको भएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्