समय : ०३:४६ pm | मङ्गलबार , श्रावण १९ गते २०८३

नेप्से परिसूचक २१ अंकले घट्यो

अर्थ विशेष | श्रावण १९ गते २०८३

काठमाडौं । हिजो सामान्य घटेको शेयर बजार आज भने दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २१ दशमलव १५ अंकले घटेर २,६६३ को विन्दुमा कायम भएको छ । आज ५८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४३ कम्पनीको १ करोड ७ लाख ६१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४० करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको १६ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेृशनल हाइड्रोपावरको १६ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको १४ करोड ९१लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । खानीखोला हाइड्रोपावर कम्पनीका लगानकिर्ताले १० दशमलव ०७ प्रतिशतका दरले कमाएका छन् । जोशी हाइड्रोपावरका लगानकिर्ताले ५ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ११ दशमलव ६७ प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्