समय : ०४:५८ pm | आइतबार , असार २९ गते २०८२

छिमेक लघुवित्तको २.४४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | असार ३ गते २०८२


काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ । संस्थाको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २ लाख ४४ हजार ४८० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले असार १० गतेसम्म मुक्तिनाथ क्यापिटलमा आवेदन दिन सक्नेछन् ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९० सय रुपैयाँ तोकिएको छ । बोलपत्र आवेदन पेश गर्दा न्यूनतम ५० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्