समय : ०१:४१ pm | शुक्रबार , श्रावण २ गते २०८२

नेप्सेमा झिनो बृद्धि

अर्थ विशेष | असार २ गते २०८२

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २ दशलमव ८० अंकले बढेर २,६५८ को विन्दुमा कायम भएको छ । आज १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१८ कम्पनीको २ करोड ३६ लाख ३७ हजार ९६६ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै सानिमा माइ हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ९० करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ५८ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पियोर इनर्जीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । पिपुल्स पावरका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशलमव ३७ प्रतिशतका दरले कमाएका छन् । सोल्टी होटल्सका लगानीकर्ताले ६ दशमलव ३० प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै अपर हेवाखोला हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशलमव ५८ प्रतिशतका दरले गुमाएका हुन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्