समय : १०:१६ pm | शुक्रबार , वैशाख २५ गते २०८३

सरकारद्वारा बाढीपहिरो पीडितलाई रु पाँच करोड सहयोग प्रदान

अर्थ विशेष | कार्तिक ६ गते २०८१

काठमाडौं । सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

सरकारले प्रतिमृतक रु दुई लाख प्रदान गरेको हो । गृह मन्त्रालयका अनुसार हालसम्म २३ जिल्लाका मृतकका परिवारलाई राहतस्वरुप रु पाँच करोड प्रदान गरिएको छ ।

बाढीपहिरोमा परी २३८ जनाले ज्यान गुमाएका थिए । त्यसैगरी १७७ जना घाइते भएका छन् भने १८ जनाको अवस्था अझै अज्ञात छ । पीडित परिवारलाई आर्थिक सहायता प्रदान गर्ने क्रम जारी छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्