काठमाडौँ । कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घले हालैको बाढीपहिरोबाट पीडित भएकाहरुको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहायता रकम प्रदान गरेका छन् ।
कोषका प्रमुख प्रशासक जीतेन्द्र धितालसहित सञ्चालक सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनको सरकारी निवासमा मंगलबार रु. दुई करोडको चेक हस्तान्तरण गरका हुन् । यसैगरी, नेपाल प्रहरी श्रीमती सङ्घका अध्यक्ष लक्ष्मी कुँवरले रु. पाँच लाख ५५ हजार ५५५ को चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिन् ।










