समय : ०७:०० am | शनिबार , वैशाख २६ गते २०८३

प्रधानमन्त्री उद्धार कोषमा प्राइम बैंकको रु. ३१ लाख सहयोग

अर्थ विशेष | असाेज २१ गते २०८१

काठमाण्डौ । प्राइम कमर्सियल बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहात कोषका लागि रु. ३१ लाख रुपैयाँ सहयोग गरेको छ ।
आज एक समारोहका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंकको तर्फबाट रु. ३१ लाखको चेक हस्तान्तरण गरेका हुन् ।बैंकले यो रकम अनपेक्षित रुपमा आएको विध्वंशकारी बाढीपहिरोबाट पीडित भएकाहरुको उद्धार, राहात तथा पुनस्र्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले हस्तान्तरण गरेको बैंकले जनाएको छ । सहयोग हस्तान्तरण समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धर, सञ्चालक तथा उच्च अधिकारीहरुको समेत सहभागिता रहेको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्