समय : १०:२१ am | शनिबार , वैशाख २६ गते २०८३

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | असाेज २० गते २०८१

काठमाण्डौ । प्राइम कमर्सियल बैंकको संस्थापक समूहतर्फको सेयर बिक्रीमा राखिएको छ ।

आजदेखि बिक्रीमा राखिएको यो सेयरका खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन पेश गर्न सक्नेछन् ।

संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको कम्पनीको सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । निर्धारित समयसम्म सेयर खरिदका लागि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ । बैंकले सेयरको संख्या भने खुलाएको छैन । बिक्री गर्ने संस्थापकहरुको नाम र बिक्री मूल्यका सम्बन्धमा कम्पनी सचिवको कार्यालयमा सम्पर्क गरी बुझ्न हुन सकिने बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्