समय : ०६:५१ pm | शनिबार , वैशाख २६ गते २०८३

सुनको मूल्य तोलामा रु एक सयले घट्यो

अर्थ विशेष | असाेज १४ गते २०८१

काठमाडौँ। स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ६० हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ६० हजार पाँच सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ । आइतबार प्रतितोला रु एक हजार नौ सय ४५ मा कारोबार भएकामा आजका लागि रु एक हजार नौ सय ४० कारोबार हुने गरी निर्धारण भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्