समय : ०९:४३ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

आजको विदेशी मुद्राको विनिमयदर

अर्थ विशेष | श्रावण २२ गते २०८१

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(साउन २२ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.८६ रुपैयाँ र बिक्रीदर १३४.४६ रुपैयाँ कायम भएको छ ।  

यो दर हालसम्मकै उच्च हो । यसअघि गत साउन २० गते अमेरिकी डलरको बिक्रीदर हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको बिक्रीदर १३४.३१ रुपैयाँ कायम थियो ।    

आज एक यूरोको खरिददर १४६.५६ रुपैयाँ र बिक्रीदर १४७.२१ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७०.६२ रुपैयाँ र बिक्रीदर १७१.३९ रुपैयाँ कायम भएको छ ।  

यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६.३१ रुपैयाँ र बिक्रीदर ८६.७० रुपैयाँ रहेको छ ।

१० जापानी येनको खरिददर ९.३७ रुपैयाँ र बिक्रीदर ९.४२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३६.४४ रुपैयाँ र बिक्रीदर ३६.६१ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर १८.७८ रुपैयाँ र बिक्रीदर १८.८६ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३०.२५ रुपैयाँ र बिक्रीदर ३०.३९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३६.७० रुपैयाँ र बिक्रीदर ३६.८७ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८१ रुपैयाँ र बिक्रीदर ९.८५ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४३८.३५ रुपैयाँ र बिक्रीदर ४४०.३२ रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्