समय : ०२:४७ pm | बुधबार , भाद्र ३१ गते २०८३

सुनचाँदीको मूल्य वृद्धि

अर्थ विशेष | भाद्र ३१ गते २०८३

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।सुनको मूल्य प्रतितोला रु एक हजार ७०० र चाँदीको मूल्य रु ८५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख एक हजार ८०० र चाँदीको मूल्य रु चार हजार ६८५ कायम भएको छ ।

मङ्गलबार छापावाल सुन प्रतितोला रु तीन लाख १०० र चाँदीको मूल्य रु चार हजार ६०० कायम थियो ।


कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्