समय : १०:१० pm | मङ्गलबार , वैशाख २९ गते २०८३

प्रतितोला दुईसय रूपैयाँले घट्यो सुनको मूल्य

अर्थ विशेष | श्रावण २० गते २०८१

काठमाडौं। गएको शुक्रबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आइतबार ओरालो लागेको छ।नेपाली बजारमा गत शुक्रबारको तुलनामा यो साता आइतबार सुनको मूल्य प्रतितोला दुईसय रूपैयाँले घटेको हो।आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार सातसय रूपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३७ हजार ७ सय २५ रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार चाँदीको मूल्य पनि आइतबार वृद्धि भएको छ।चाँदी आज तोलामा १० रूपैयाँले घटेर प्रतितोला एक हजार सातसय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्