समय : १०:२५ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

सुनकोशीमा झोलुङ्‍गे पुल निर्माण

अर्थ विशेष | श्रावण १८ गते २०८१

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-२ डिकुवास्थित बाइटार र उदयपुरको कटारी नगरपालिका-१० सोरुङछबिसेको चिपटार जोड्न सुनकोशी नदीमा बनाइएको झोलुङ्‍गे पुल सञ्चालनमा आएको छ।पूर्वाधार विकास कार्यालय गाईघाटमार्फत प्रदेश सरकारबाट प्राप्त ३ करोड ५० लाख लगानीमा पुल निर्माण भएको हो।पुल सञ्चालनमा आउनुअघि साबिकको डिकुवा-३ बाइटार र बलुई तथा साविकको डिकुवा-२ टारगाउँका बासिन्दा जोखिम मोलेर डुङ्गाबाट नदी तर्दै आएका थिए।

पुलका दुवै बिन्दुमा कच्ची सडक पनि निर्माण भएको छ। यसबाट डिकुवाका सर्वसाधारण लाभान्वित भएका छन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्