समय : ११:०५ pm | मङ्गलबार , वैशाख २९ गते २०८३

सुनको मूल्य एकैदिन ३६ डलरले बढ्यो

अर्थ विशेष | श्रावण १६ गते २०८१

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो घटेको सुनको मूल्य आज भने १ प्रतिशतभन्दा बढीले बढेको हो ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य १.५५ प्रतिशत अर्थात ३६.८१ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ४१८.०१ डलर कायम भएको छ ।

सुनसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ । चाँदीको मूल्य २.७७ प्रतिशत अर्थात ०.७७ डलरले बढ्दै प्रतिऔंस २८.५९ डलर पुगेको छ । इजरायलले लेबनानमा आक्रमण गरेसँगै सुनको मूल्यमा व्यापक वृद्धि भएको हो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्