समय : १२:१२ am | बुधबार , वैशाख २९ गते २०८३

जमुनाह नाका हुँदै भारतबाट भित्रियो एक अर्बको आलु

अर्थ विशेष | श्रावण १० गते २०८१

बाँके । बाँकेको जमुनाह सीमा नाका हुँदै भारतबाट गत आर्थिक वर्ष २०८०र८१ मा एक अर्ब ११ करोड, ६१ लाख रूपैयाँको आलु आयात गरिएको छ। सो अवधिमा चार करोड ४९ लाख ८४ हजार ६ सय ६९ किलो आलु भारतबाट आयात गरिएको हो।नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष २०७९र८० भन्दा गत आवमा १८ करोड रूपैयाँको आलु बढी आयात गरिएको हो। आर्थिक वर्ष २०७९र८० मा ९३ करोड ६० लाख ६९ हजार रूपैयाँ बराबरको तीन करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात गरिएको थियो।
आलु आयातबाट आव २०७९र८० मा रु १४ करोड ७७ लाख २२ हजार तथा गत आव २०८०र८१ मा २७ करोड २२ लाख ४४ हजार रूपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी लम्सालले बताए।

अघिल्लो आवको तुलनामा गत आवमा १३ करोड राजस्व वृद्धि भएको छ।पछिल्लो समय बाँके, बर्दिया, दाङ, सल्यानलगायतका जिल्लामा आलु उत्पादन उल्लेखनीय मात्रामा बढ्दै गए पनि भारतबाट आयात भने नघटेको कृषि ज्ञान केन्द्रका प्रमुख सकील अहमदले बताए। उनका अनुसार आलु र प्याजमा आत्मनिर्भर बन्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि आयातमा कमी आउन सकेको छैन।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्