समय : १२:२७ am | बुधबार , वैशाख २९ गते २०८३

प्रधानमन्त्री ओली विमानस्थलमा

अर्थ विशेष | श्रावण ९ गते २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरको विमान दुर्घटनाका बारेमा बुझ्न विमानस्थल पुगेका छन्।यसअघि गृहमन्त्री रमेश लेखक, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि पाण्डे, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडासहितको टोलीले विमानस्थल पुगी घटनाका बारेमा जानकारी लिइ आवश्यक निर्देशन दिएका थिए। काठमाडौंबाट पोखरा उड्ने क्रममा सौर्य एयरको जहाज आज बिहान दुर्घटनामा परेको थियो।सौर्य एयरका कर्मचारी तथा प्राविधिक बोकेको सो दुर्घटनग्रस्त विमानमा सवार १८ जनाका निधन भएको र पाइलटको उपचार भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्