समय : १२:२७ am | बुधबार , वैशाख २९ गते २०८३

प्रतितोला एक हजार एकसय रूपैयाँले बढ्यो सुनको मूल्य

अर्थ विशेष | श्रावण ९ गते २०८१

काठमाडौं । मंगलबार स्थिर रहेको सुनचाँदीको मूल्य बुधबार पुनस् उकालो लागेको छ।आइतबार तोलामा १३ सय रूपैयाँले घटेर सोमबार एकसय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार स्थिर रहेको थियो। बुधबार पुनस् तोलामा एक हजार एकसय रूपैयाँले बढेर सुनको मूल्य प्रतितोला एक लाख ४७ हजार ४ सय रूपैयाँ पुगेको छ।बुधबार तेजाबी सुन प्रतितोला एक लाख ४६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ।चाँदीको मूल्य पनि बुधबार प्रतितोला १५ रूपैयाँले वृद्धि भएको छ।मंगलबार स्थिर रहेको चाँदीको मूल्य बुधबार प्रतितोला एक हजार ८ सय पाँच रूपैयाँ कायम छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्