समय : १२:४९ am | बुधबार , वैशाख २९ गते २०८३

पहिरोले अवरुद्ध हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सञ्चालनमा

अर्थ विशेष | श्रावण ८ गते २०८१

मकवानपुर । काठमाडौंबाट हेटौँडा जोड्ने कान्तिलोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका-३, छवेलीस्थित सोमबार राति गएको पहिरो हटाएपछि हेटौँडातर्फको यातायात सेवा आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ।राति नै पहिरोको अवरोध हटाइएको ललितपुरको भट्टेडाँडा प्रहरी चौकीले जनाएको छ। ललितपुर र मकवानपुरको सिमाना नजिकै पर्ने छबेलीमा पहिरो जाँदा सोमबार बेलुका ९ बजेदेखि हेटौँडा(काठमाडौंतर्फको यातायात अवरुद्ध भएको थियो।

कान्तिलोकपथअन्तर्गत पर्ने मकवानपुरको बकैया गाउँपालिका -७ न्यासुरमा राति गएको पहिरो हटाइ आज बिहान साढे ६ बजेदेखि यातायात सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए।यसैबीच, त्रिभुवन राजपथ, पूर्व-पश्चिम राजमार्ग र फाखेल, सिस्नेरी मातातीर्थ हुँदै काठमाडौंतर्फ जोड्ने सडक पनि आज बिहानदेखि यातायात सेवा सञ्चालन भएको प्रहरी निरीक्षक शाहले बताए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्