समय : १२:५७ am | बुधबार , वैशाख २९ गते २०८३

सुनचाँदीको नयाँ मूल्यसूची सार्वजनिक

अर्थ विशेष | श्रावण ८ गते २०८१

काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन । अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि छापावाला सुनको मूल्य १ लाख ४६ हजार ३ सय रुपैयाँमै कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ६ सय रुपैयाँनै कायम थियो ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ७९० रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्