समय : ०१:२३ am | बुधबार , वैशाख २९ गते २०८३

नेपाल र चीनबीच पर्वतीय पर्यटन प्रवर्द्धनमा सम्झौता

अर्थ विशेष | श्रावण ६ गते २०८१

पर्वतीय पर्यटन प्रवर्द्धन प्रयोजनार्थ नेपाल र चीनका दुई सरोकारवाला निकायबीच सम्झौता भएको छ ।

नेपाल पर्वतारोहण सङ्घ र पर्वतारोहण क्षेत्रमा चीन जनसरकारको नेतृत्व गर्ने सिचाङ स्वशासित क्षेत्र खेलकुद महासङ्घबीच दुईपक्षीय सम्झौता भएको हो । चीनको सिचाङ स्वायत्त प्रदेशको निङची÷लुलाङ सहरमा यही जुलाई ३ देखि ५ तारिखमा आयोजना भएको ‘ट्रान्स हिमालय फोरम’ का अवसरमा भएको उक्त सम्झौताबारे सङ्घले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सङ्घका अध्यक्ष निमानुरु शेर्पाले उक्त सम्झौताले नेपालको पर्वतीय पर्यटनको प्रचार र विकासमा महतवपूर्ण भूमिका निर्बाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उच्च पर्वतारोहण क्षेत्रमा दुई देशबिचको ज्ञान, सीप आदनप्रदान तथा उच्च पर्वतारोहण क्षेत्रमा हुने दुर्घटनामा तत्काल गरिनुपर्ने उद्धार, पर्वतीय वातावरण र पर्वतीय संस्कृतिको प्रवद्र्धनका लागि चीन सरकारको उच्च पदाधिकारीहरुको उपस्थितिमा भएको आफ्नो लुसाङ भ्रमणका दौरानमा दुई देशबीच चार बुँदे सम्झौता भएको हो ।

सम्झौतामा पर्वतीय उद्धारमा सहयोग र सहकार्य गर्ने, आरोहण संस्कृतिको प्रवद्र्धन, पर्वतीय वातावरणको संरक्षण र आरोहणसम्बन्धि जनशक्ति उत्पादनमा जोड दिने उल्लेख छ । यो सम्झौता सङ्घले अन्तर्राष्ट्रिय निकाय वा सरकारसँग गरेको अहिलेसम्मको ठूलो भएको सङ्घले दावी गरेको छ । सम्झौता अनुरुप उच्च पर्वतीय क्षेत्रमा विभिन्न कारणले हुने दुर्घटनामा प्रभावकारी उद्धार कार्य गर्न अन्य आपत्कालिन

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्