समय : ०१:३१ am | बुधबार , वैशाख २९ गते २०८३

अर्घाखाँचीमा बिपि स्मृतिमा वृक्षरोपण

अर्थ विशेष | श्रावण ६ गते २०८१


अर्घाखाँची । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा यहाँ वृक्षरोपण गरिएको छ ।नेपाली कांग्रेस जिल्ला कार्यसमितिको आयोजनामा सन्धिखर्क–१ को लदाम बगैँचामा वृक्षरोपण गरिएको कांग्रेस सभापति केशव श्रेष्ठले बताए । पर्यटकीयस्थलका रुपमा विकास हुँदै गएको लदाम बगैँचामा विभिन्न प्रजातीका वृक्षरोपण गरिएको नेपाली कांग्रेसका जिल्ला सचिव कृष्णप्रसाद खनालले बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका पूर्वसभापति कमलप्रसाद भुसाल, प्रदेश सदस्य शान्ता भण्डारी, जिल्ला उपसभापति विष्णुप्रसाद भुसाल, कोषाध्यक्ष विष्णु क्षेत्री, सहसचिव कमल पौडेल लगायतको उपस्थिति रहेको थियो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।

कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको हो । उनि २०१५ सालको संसदीय चुनावपछि २०१६ साल जेठमा नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका हुन् । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु(याएको छ ।

जीवनको लामो समयसम्म कांग्रेसको नेतृत्व गरी २०१५ सालको आमचुनावमा पार्टीले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे । प्रधानमन्त्रीकालमा उनले बिर्ता उन्मूलन र जग्गा जोत्नेको हुनुपर्छ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्