समय : ०१:३१ am | बुधबार , वैशाख २९ गते २०८३

जैविक मल उत्पादन गर्न भैँसीपालन

अर्थ विशेष | श्रावण ६ गते २०८१

झापा। जैविक मल उत्पादन गर्न बुद्धशान्ति गाउँपालिका(३ मा स्थापना भएको अङ्कुरण एग्रोले भैँसीपालनको तयारी गरेको छ।झापामा जैविक तरकारीखेती गर्ने किसानको संख्या बढ्नका साथै चिया बगानमा जैविक मल प्रयोग पनि थालिएको छ। मलको पर्याप्त व्यवस्था गर्न भैँसीपालन गरिने अङ्कुरण एग्रोका सञ्चालक विनोद मोक्तानले बताएका छन्।ुप्राङ्गरिक मल बनाउन गोबर नभइ हुँदैनु, उनले भने, भैँसीको मलमूत्र दुवै उपयोगी हुन्। गत वर्ष नै उद्योग सञ्चालनका लागि पूर्वाधार निर्माण गरिएको थियोु, उनले भने। सञ्चालक मोक्तानले दुई महिनाभित्रमा प्राङ्गारिक जैविक मल उद्योग सञ्चालनमा ल्याउने गरी सबै तयारी पूरा गरेको बताए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्