समय : ०१:५४ am | बुधबार , वैशाख २९ गते २०८३

सुनको मूल्यमा व्यापक गिरावट

अर्थ विशेष | श्रावण ४ गते २०८१

काठमाण्डौ । घरेलु बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य २ हजार रुपैयाँले घट्दै प्रतितोला १ लाख ४७ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि २ हजार रुपैयाँले घट्दै प्रतितोला १ लाख ४६ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४८ हजार ८ सय रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ३० रुपैयाँले घट्दै प्रतितोला १ हजार ८३० रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्