समय : ०२:०१ am | बुधबार , वैशाख २९ गते २०८३

तिंकर नाका खुलेसँगै बढ्यो व्यापारीको चहलपहल

अर्थ विशेष | श्रावण ३ गते २०८१

दार्चुला । नेपाल-चीन सीमानाका तिंकर आवागमनका निम्ति खुलेसँगै सिमाक्षेत्र वरपर व्यापारीको चहलपहल बढेको छ। बुधबार व्यास गाउँपालिका(१ छाङ्रुका १५ र तिंकरका १२ गरी २७ जना व्यापारी उक्त नाका हुँदै चीनको स्वशासित क्षेत्रतर्फ प्रस्थान गरेका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए।चीन प्रवेशका लागि दार्चुलाका एक सय ८७ जनाले अनुमति लिएका छन् ।कोरोनाकालदेखि बन्द रहेको तिंकर नाका हालै खुलेको हो।

नाकामा अन्य स्थानीय व्यापारी र चिनियाँ नागरिकबीच स्थानीय उत्पादन तथा दैनिक उपभोग्य सामग्री खरिदबिक्री भएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्