समय : ०२:४२ am | बुधबार , वैशाख २९ गते २०८३

आजको विदेशी मुद्राको विनिमय दर

अर्थ विशेष | श्रावण १ गते २०८१

काठमाडाैं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, दिनार, युरोसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। त्यसैगरी पाउन्ड, अस्ट्रेलियन डलरसहित केही मुद्राको मूल्य भने घटेको छ ।राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ। विगत तीन दिनसम्म स्थिर रहेको अमेरिकी डलरको मूल्य आज बढेको हो ।

त्यसैगरी युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४६ रुपैयाँ २७ पैसा निर्धारण भएको छ । बेलायती पाउन्ड १ को खरिददर १७३ रुपैयाँ १९ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ । हिजो पाउन्ड १ को खरिददर १७३ रुपैयाँ २९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ०७ पैसा थियो ।

आजका लागि अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ४६ पैसा र बिक्रीदर ९० रुपैयाँ ८७ पैसा निर्धारण भएको छ । त्यसैगरी कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ ।

बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ । हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३३ पैसा थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्