समय : ०२:४२ am | बुधबार , वैशाख २९ गते २०८३

म्याग्दीमा ४२ खानेपानी आयोजना सम्पन्न

अर्थ विशेष | श्रावण १ गते २०८१

म्याग्दीका करिब सात सय घरपरिवारमा खानेपानीको सुविधा विस्तार भएको छ। खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८०र८१ मा सञ्चालन गरेका खानेपानी योजनाबाट छ सय ९८ घरमा खानेपानीको पहुँच पुगेको हो।प्रदेश सरकारबाट प्राप्त ३४ र संघीय सरकारबाट प्राप्त आठवटा खानेपानी योजना सञ्चालन भएकामा यस वर्ष खानेपानीका ट्यांकी निर्माण, पाइप लाइन विस्तार र मिटर जडानका काम भएको कार्यालयका सूचना अधिकारी इन्जिनियर शिवशंकर शाहले जानकारी दिए।उनका अनुसार गत आवमा विभिन्न सात खानेपानी योजना सम्पन्न भएर दुई सय नौ घरमा खानेपानीको मिटर जडान गरिएको छ।


घोडेपानी खानेपानी, तोरीपानीको खसपधेरा खानेपानी, डम्मरा खानेपानी, रणबाङ खानेपानी, तुसारेपानी खानेपानी, सिजलगाउँ चुनेपानी खानेपानी योजनाको निर्माण सम्पन्न भएर मिटर जडान गरी घरघरमा खानेपानीको पहुँच पुर्याइएको कार्यालयले जनाएको छ।

कार्यालयले सञ्चालन गरेका खानेपानी योजनामा एक वर्षको अवधिमा २८ इन्टेक, १६ संकलन चेम्बर, ११ वितरण चेम्बर, चार बिटिसी चेम्बर र २४ पानी संकलन ट्यांकी निर्माण भएको छ।

एक वर्षमा कुल २७ दशमलव ६७ प्रतिशत किलोटिमर मुख्य पाइप लाइन र ४९ दशमलव ७१ किलोमिटर वितरण पाइप लाइन निर्माण भएको कार्यालयका सबइन्जिनियर धनेश शाहले जानकारी दिए।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्