समय : ०२:५३ am | बुधबार , वैशाख २९ गते २०८३

ठेउले खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुचारु

अर्थ विशेष | श्रावण १ गते २०८१

काठमाण्डौ । बाराही हाईड्रोपावर पब्लिक लिमिटेडले विकास तथा निर्माण गरेको ठेउले खोला जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएको छ । उक्त आयोजनाबाट साउन १ गते राती करिब २ बजेबाट आंशिक रुपमा विद्युत उत्पादन सुचारु भएको हो ।
गत असार २२ गते आएको पहिरोका कारण आयोजनाको इनटेक र ग्राभेल ट्रयापको बीचको संरचनामा क्षति पुगेका कारण सोही दिनदेखि ठेउले खोलामा रहेको यो आयोजनाबाट विद्युत उत्पादन बन्द भएको थियो ।

यो आयोजनाको विद्युत उत्पादन क्षमता १.५ मेगावाट रहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्