समय : ०३:२३ am | बुधबार , वैशाख २९ गते २०८३

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ विशेष | असार ३० गते २०८१

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४ हजार ४४०.८७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०३ रुपैयाँ तोकिएको छ ।

इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्