काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । तिहारको पहिलो दिन प्राचीन मिथिला क्षेत्रमा साँझ दीपमालिका गरी धनतेरस मनाउने परम्परा छ ।
मिथिला परम्पराअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशीका दिन धातुका नयाँ भाँडाकुँडा, गरगहना, खरेटो र धनियाँ किनेर लक्ष्मीको पूजा गर्ने चलन छ । यस वर्ष तिथिको घटबढका कारण तिहार छ दिनसम्म मनाइने भएको छ ।
पञ्चाङ्गअनुसार आज बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी सुरु भई शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ । कागपूजा र धन्वन्तरी जयन्ती भने शनिबार मनाइने मैथिल कर्मकाण्डका ज्ञाता महेशकुमार झाले जानकारी दिए ।
आइतबार कुकुर पूजा र साँझ लक्ष्मीपूजा गरिनेछ । मैथिल परम्पराअनुसार आगामी बुधबार भैयादूज मनाएसँगै दीपावली पर्व सम्पन्न हुनेछ ।










