समय : ०९:२७ am | आइतबार , असाेज ४ गते २०८३

अविरल वर्षा हुँदा भोजपुरमा सडक भासियो

अर्थ विशेष | असार २६ गते २०८१

भोजपुर । अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका(३ मेस्पाङमा सडक भासिएको छ। भोजपुर(चखेवा सडकखण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो।कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताइन्। उक्त स्थानमा आज बिहान सडक भासिएको हो।

वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छु, उपाध्यक्ष राईले भनिन्, ुसडकमा ठूलो क्षति भएको छ। यसरी नै निरन्तर वर्षा भयोभने अझ बढी क्षति हुनसक्छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्