समय : ०३:५५ pm | बुधबार , भाद्र १७ गते २०८३

अमेरिकाबाट ४० टन आपत्कालीन राहत सामग्री सहयोग

अर्थ विशेष | भाद्र १७ गते २०८३

काठमाडौँ । संयुक्त राज्य अमेरिकी मानवीय संस्था सामरिटन्स पर्सबाट भोटेकोशी बाढीबाट प्रभावित समुदायलाई सहयोगका लागि उपलब्ध ४० टनभन्दा बढी आपत्कालीन राहत सामग्री आज काठमाडौँ आइपुगेको छ।

बाढी प्रभावित क्षेत्रमा स्थानीयस्तरमा कार्यरत संस्थामार्फत दुई हजार ६०० परिवारलाई सहयोगस्वरुप पानी फिल्टर, त्रिपाल, कम्बल, सरसफाइ किट तथा सौर्य बत्ती लगायतका उक्त सामग्रीमा उपलब्ध गराइने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ। दूतावासले नेपालको आवश्यकताअनुरूप जीवनरक्षक सहायता उपलब्ध गराउन नेपाल सरकार तथा विभिन्न साझेदारसँग समन्वय गरिरहेको जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्