काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ।
बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तपुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।










