समय : ०१:०६ pm | मङ्गलबार , असार १६ गते २०८३

सुनको भाउमा उच्च गिरावट

अर्थ विशेष | असार १६ गते २०८३

काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुन–चाँदीको भाउमा उच्च गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४५ सय रुपैयाँले घटेको हो।

यसँगै आज प्रतितोला सुन २ लाख ७७ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ४ हजार २८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्