समय : ०५:०८ am | बुधबार , वैशाख २९ गते २०८३

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नोभा हस्पिटल बीच नगद रहित सेवा प्रदान गर्ने सम्झौता

अर्थ विशेष | असार २१ गते २०८१

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र धनगढीको कैलालीमा रहेको नोभा हस्पिटल बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख संजीव जोशी र नोभा हस्पिटलका प्रशासन अधिकृत गीता खत्रीले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता पश्चात कम्पनीबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुले बीमालेखको सीमासम्म नोभा हस्पिटलबाट नगद रहित हस्पिटलाईजेशन प्राप्त गर्न सक्नेछन् ।

उक्त अवसरमा कम्पनीका सुदूरपश्चिम प्रदेश प्रमुख जोशीले नोभा हस्पिटलले आफना ग्राहकहरुले लाई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाईजेशन सुविधा लिन सक्ने बताए ।

साथै उनले औपाधोपचारलगायत आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सबाट प्राप्त गर्न सक्ने पनि बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्