समय : ०५:३० am | बुधबार , वैशाख २९ गते २०८३

काठमाडौं महानगरपालिका र नेपाल बैंक बीच सम्झौता,५ लाखसम्म निःशुल्क दुर्घटना बीमा

अर्थ विशेष | असार १९ गते २०८१

काठमाडौं महानगरपालिका र नेपाल बैंक बीच मंगलबार महानगरपालिकाका सामुदायिक विद्यालयहरुबाट बैंकिङ सेवा सुचारू गर्ने सम्झौता भएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र कम्पनीका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताबमोजिम कारोबार सहजताका लागि सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले बैंकको सबै शाखाबाट सेवा सुविधा पाउने खाता खोल्न सक्नेछन् ।

डेविट कार्ड, क्रेडिट कार्ड, स्मार्ट मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, गुड फर पेमेन्टरम्यानेजर्स चेक, डिम्याट खाता खोल्ने, शेयर दर्ता निःशुल्क हुनेछ । खाता शून्य मौज्दातमा खोलिनेछ ।

महानगरपालिकाले ती खाताहरुमा तलब भत्ता पठाउने छ । यसरी खोलेका तलबी बचत खाताहरुमा जम्मा भएको रकमको कम्पनीले प्रकाशित ब्याजदरसहित ब्याज प्रदान गर्नेछ ।

ए साइजको लकर शुल्कमा २५ प्रतिशत छूट दिनेछन् । त्यस्तै चेक बुक, आईपीएस, क्युआर कोड र बैंक व्यालेन्स प्रमाण पत्र निःशुल्क प्राप्त गर्नसक्ने छन् ।

सम्झौता अवधिमा ५ लाख रुपैयाँसम्म निःशुल्क दुर्घटना बीमा हुनेछ । कम्पनीले तलब भत्ता उपभोग गर्ने विद्यालयका स्थायी शिक्षक तथा कर्मचारीहरूलाई विद्यालयको जमानत सिफारिसमा विनाधितो १५ लाख रुपैयाँ कर्जा पनि उपलब्ध गराउने छ ।

यसैगरी, सेवा निवृत्त स्थायी शिक्षक र कर्मचारीहरुले नेपाल बैंकमा पेन्सन बचत खाता खोलेमा सहुलियत दरमा विनाधितो पेन्सन कर्जा पाउन सक्नेछन् ।त्यस्तै खाता खोल्ने सबैका लागि होम लोन, अटो लोन र एजुकेसन लोनको सेवा शुल्कमा ०।२५ प्रतिशत छूट पनि छ । महानगरपालिकाले २०८१ साल असार महिनादेखि ४४ ओटा सामुदायिक विद्यालयलाई निकासा गर्ने संघीय सशर्त अनुदानहरु नेपाल बैंकको खातामा निकासा पठाउनेछ ।

विद्यालयको अनुरोधमा अन्य विद्यालयहरुलाई दिइने निकासा बैंकमा रहेका विद्यालयलाई चल्ती खातामा निकासा दिएमा कम्पनीले त्यस्ता विद्यालयलाई यसै सम्झौतामा सेवा सुविधा उपलब्ध गर्नेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्