समय : ०५:३८ am | बुधबार , वैशाख २९ गते २०८३

पहिरोले सालझण्डी-ढोरपाटन सडक अवरुद्ध

अर्थ विशेष | असार १९ गते २०८१


बागलुङ। सालझण्डी(ढोरपाटन सडक अवरुद्ध भएको छ। निरन्तरको वर्षाका कारण पहिरो जाँदा सडक अवरुद्ध भएको हो।ढोरपाटन नगरपालिका(९ भुसुण्डेमा पहिरो गएको हो। सडक अवरुद्ध भएपछि सिकार आरक्ष ढोरपाटन घुम्न आएका पर्यटक अलपत्र परेका छन्। अहिले पनि सो क्षेत्रमा वर्षा भइरहेको छ।
बुर्तिबाङ बजारहुँदै ढोरपाटन पुग्ने सडकको अन्य ठाउँसमेत पहिरो गएको ढोरपाटन नगरपालिकाका कार्यबाहक प्रमुख धनबहादुर कायतले जानकारी दिए। ुठाउँ(ठाउँमा पहिरो झरेको छ, सडक खुलाउने प्रयास गरिरहेका छौँु, उनले भने।
बुर्तिबाङ हुँदै ढोरपाटन हिँडेका पर्यटक बोबाङ र सुप्राङ गाउँमा अलपत्र परेका छन्।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्