समय : ०५:४९ am | बुधबार , वैशाख ३० गते २०८३

ठेउलेखोलाको बाढीले सडक बगायो, कालीगण्डकी करिडोर अवरुद्ध

अर्थ विशेष | असार १९ गते २०८१

सडक अवरुद्ध भएसँगै बुटवल, भैरवाह, कपिलवस्तु, दाङ, मुक्तिनाथ जाने सवारी साधन बाटोमै अलपत्र परेका छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले करिडोर अवरुद्ध हुँदा विभिन्न ठाउँबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारी साधन बाटोमै रोकिएका बताए ।

वर्षा रोकिएपछि आयोजनाले खुलाउने प्रयास गर्ने उनले बताए । केही दिनदेखि परेको वर्षाले राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्गमा क्षति पुर्‍याएको छ ।

खासगरी गलकोट नगरपालिका–३ हटियादेखि बडिगाड गाउँपालिका–२ हाँडीखोलासम्मको करिब १५ किलोमिटर सडकमा क्षति पुगेको हो ।

यद्यपि पहिरो पन्छाएर लोकमार्ग भने सञ्चालनमा आएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्