काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य घटेको छ । बुधबारको कारोबारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३ हजार रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज एक तोला सुनको मूल्य २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने एक तोला सुनको मूल्य ३ लाख ५ सय रुपैयाँ कायम थियो ।
आज १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार ६० रुपैयाँ कायम भएको छ ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज अघिल्लो दिनको तुलनामा १०० रुपैयाँले सस्तिदै प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार हुँदैछ ।










