समय : ०६:१९ am | बुधबार , वैशाख ३० गते २०८३

कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री

अर्थ विशेष | असार १७ गते २०८१

भक्तपुर। भक्तपुर नगरपालिका(४, कुमाल टोलका स्थानीय बासिन्दाको मुख्य पेसा माटोको भाँडा बनाउने हो। माटोका भाँडा बनाउने परम्परागत पेसाबाटै यहाँका स्थानीयले घर व्यवहार चलाउनेदेखि छोराछोरी पढाउँदै आएका छन्।पछिल्ला समय बजारमा स्टिल, सिलाबर र प्लाष्टिकका सस्तो र सजिला सामाग्री उपलब्ध छ

माटोका घैँटो, दियो, खुत्रुके, विभिन्न किसिमका मूर्तिहरुको माग बढ्दै गएको उनीहरु बताउँछन्। कुमाल टोलका स्थानीयहरु पहिले अन्य जिल्ला पुगेर महिनौँसम्म भाँडा बनाउँथे र ज्यालाको रुपमा धान, गहुँ, मकै ल्याउथेँ। अहिले अन्य जिल्लाका मानिस आफै यहाँ आउँछन् र मन परेको सामान खरिद गरेर लैजान्छन्।कुमाले टोलका तुलसीराम प्रजापतिको पुर्ख्यौली पेसा माटोको भाँडा बनाउने हो। पुस्तौँ पुस्तादेखि गर्दै आएको माटोको भाँडा बनाउने पेसाबाट राम्रो आम्दानी हुने उनले बताए। यही पेसाबाट भएको आम्दानीले उनले स्नातकोत्तर तहसम्म चार जना छोराछोरी पढाए। ुयही पेसाले घरखर्च चलाउनेदेखि छोराछोरी पढाउने सबै गरेको छु, मेरा लागि यो पेसा एकदमै प्यारो छ, उनले भने।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्