समय : ०६:५७ am | बुधबार , वैशाख ३० गते २०८३

समता घरेलु र मनकामना स्मार्ट लघुवित्तले असार २४ गतेबाट एकीकृत कारोबार सुरु गर्ने

अर्थ विशेष | असार १४ गते २०८१

काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति गरेको समता घरेलु लघुवित्तले आगामी असार २४ गतेबाट एकीृकत कारोबार गर्ने भएको छ । प्राप्ति पश्चात बनेको ‘समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार हुन लागेको हो ।
यी दुवै संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’वर्गको इजाजतप्राप्त संस्था हुन् ।

एकीकृत कारोबार सुरु गर्दा डेटा माईग्रेशन प्रयोजनका लागि आगामी असार २२ गते एक दिनका लागि दुवै संस्थाबाट प्रदान हुँदै आएको सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने संस्थाले जनाएका छन् ।
प्राप्तिपश्चात बनेको वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय बनेपा नगरपालिका–७ मा रहने छ ।

यी दुवै संस्थालाई राष्ट्र बैंकले गत जेठ २९ गते, धितोपत्र बोर्डले असार ९ गते र कम्पनी रजिष्टर्डको कार्यालयले असार ११ गते प्राप्तिका लागि अन्तिम स्वीकृती प्रदान गरेको थियो । दुवै संस्थाको गत चैत २९ गते सम्पन्न बेग्ला–बेग्लै साधारण सभाले प्राप्ति प्रस्ताव पारित गरेका थिए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्