समय : ०६:५७ am | बुधबार , वैशाख ३० गते २०८३

पुरानो नगद लाभांश बुझिलिन सानिमा माई हाईड्रोको आग्रह

अर्थ विशेष | असार १४ गते २०८१

काठमाण्डौ । सानिमा माई हाईड्रो लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न साधारण सभाबाट पारित भएको नगद लाभांस बुझिलिन आग्रह गरेको हो ।
केहि सेयरधनी तथा हकवालाहरुले हालसम्म पनि पुरानो लाभांश रकमका लागि हकदाबी नगरेकाले त्यस्ता सेयरधनीहरुले सूचना प्रकाशित भएको १ महिनाभित्र आफूले बुझिलिन बाँकी रहेको नगद लाभांश बुझिलिनु कम्पनीले आग्रह गरेको छ ।
हालसम्म दाबी नपरेको लाभांश रकमको विवरण कम्पनीको वेबसाइटको न्यूज एण्ड रिपोर्टमा र सानिमा क्यापिटलको वेबसाइटमा लगइन गरि हेर्न सकिनेछ ।

अन्यथा ५ वर्षभन्दा पुराना अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्