समय : ०७:१६ am | बुधबार , वैशाख ३० गते २०८३

सुनको मूल्य ओरालो लाग्ने क्रम जारी

अर्थ विशेष | असार १३ गते २०८१

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घट्ने क्रम आज पनि जारी रहेको छ । अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस ०.९० प्रतिशत अर्थात २०.७७ डलरले घटेको छ ।
यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार २९९.५१ डलरमा सीमित बनेको छ ।

सुनको मूल्यसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदीको मूल्य प्रतिऔंस ०.४० प्रतिशत अर्थात ०.११ डलरले घटेको छ । यससँगै अन्तराष्ट्रिय बजारमा चाँदीको मूल्य प्रतिऔंस २८.७६ डलर कायम भएको छ ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्