समय : ०७:१५ am | बुधबार , वैशाख ३० गते २०८३

नेप्सेमा दोहोरो अंकको गिरावट

अर्थ विशेष | असार १२ गते २०८१

काठमाडौं । साताको पहिलो कारोबार दिन घटेर त्यसपछिका दुई दिन सामान्य अंकले बढेको नेप्से परिसूचक बुधबार दोहोरो अंकले घटेको छ ।

आज ११.६० अंकले घटेर नेप्से परिसूचक दुई हजार ६०.१६ अंकमा समेटिएको छ । अघिल्लो साता चार कारोबार दिनमा एक दिन मात्रै तेस्रो कारोबार २.२७ अंकले बढेको नेप्से परिसूचक यो साताको सुरुमै पनि घटेको थियो । सोमबार ३.२१ अंक र ५.६० अंक बढेको नेप्से आज पुन: घटेको हो ।

आज कारोबार रकम पनि घटेको छ । बुधबार ४ अर्ब ५ करोड ८० लाख रुपैयाँको ८७ लाख २७ हजार १६४ कित्ता शेयर खरिद बिक्री भएको छ ।

हिजो ४ अर्ब १८ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको थियो ।

आज १३ उपसमूहमध्ये तीन समूहको सूचक बढेको छ भने बाँकी सबै समूहको सूचक घटेको हो । सबैभन्दा बढी विकास बैंक समूहको सूचक १.०३ प्रतिशत घटेको छ । आज सबैभन्दा बढी साधना लघुवित्त वित्तीय संस्थाका शेयरधनीले दशमलव ३८ प्रतिशत गुमाएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्