समय : ०२:५४ am | मङ्गलबार , पौष २८ गते २०८२

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

अर्थ विशेष | पौष ६ गते २०८२

काठमाडौं। जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र २४ गतेको विद्रोहपछि बनेको वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको औचित्य सकिएको घोषणा गरेका छन् ।

सोमबारदेखि सरकारविरुद्ध आन्दोलन थाल्ने घोषणा कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् । सरकारबारे गम्भीर आरोप लगाउँदै उनले यो अवैधानिक हैसियतको यो सरकारको औचित्य पनि सकिएको बताएका छन् ।
‘जेन-जी आन्दोलनको एक सय दिन : उपलब्धि र भावी रणनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाइ राख्ने क्रममा मिराजले प्रधानमन्त्री सुशीला कार्कीप्रति आक्रोश पोखे ।

उनले यो सरकारले विगतमा जस्तै असफल सरकारको सूचीमा राखिदिएका छन् । वर्तमान सरकारको औचित्य सकिएकाले अब सर्वपक्षीय सरकार बनाउनुपर्ने माग उनले गरेका छन् ।
ढुंगानाले शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा ठोस काम नगरी सरकार जेन-जीहरूलाई दमन गर्न र सिंहदरबारमा निषेध गर्न लागेको पनि बताएका छन्। देशमै रोजगारी दिनुपर्नेमा अहिलेको सरकार आन्दोलनका घाइतेलाई विदेश पठाउने सरल उपाय खोज्नै बस्नु आपत्तिजनक भएको पनि उनले उल्लेख गरे ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्