समय : ०७:२२ pm | बिहिबार , भाद्र ४ गते २०८३

डेपुटी गर्भनर रावलद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

अर्थ विशेष | भाद्र ४ गते २०८३

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर दीर्घबहादुर रावलले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । आज राष्ट्र बैंकमा आयोजित एक कार्यक्रमका बीचमा राष्ट्र बैंकका गर्भनर प्रा डा विश्वनाथ पौडेलसमक्ष उनले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त भएका थिए । उनले आजै पदभारसमेत ग्रहण गरेका छन् । गभर्नर पौडेलले डेपुटी गभर्नर रावललाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिए ।

डेपुटी गभर्नर रावल विसं २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा बैंक सेवामा प्रवेश गरेका थिए । उहाँ विसं २०६९ मा उप-दिर्देशक, विसं २०७५ मा निर्देशक हुँदै विसं २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए । पदोन्नतिपश्चात् उनले बैंक सुपरिवेक्षण विभागको नेतृत्व सम्हाल्दै आएको राष्ट्र बैंकले जनाएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्