समय : ०७:४२ am | बुधबार , वैशाख ३० गते २०८३

आज बढ्यो सुनको मूल्य

अर्थ विशेष | असार १० गते २०८१

काठमाण्डौ । आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला २७ सय रुपैयाले घटेको सुनको मूल्य आज भने बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ सय रुपैयाँले बढेदै प्रतितोला १ लाख ४२ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँले बढे्दै प्रतितोला १ हजार ८२० रुपैयाँ कायम भएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्