समय : ०८:५७ pm | शुक्रबार , माघ २ गते २०८२

इमर्जिङ नेपालद्वारा लाभांश घोषणा

अर्थ विशेष | मंसिर २९ गते २०८२

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
बैठकले आव २०८१/८२ को अन्त्यसम्मको मुनाफा तथा सञ्चित कोषबाट हाल कायम चुक्तापूँजीको ५.२६३१५ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीको हाल कायम चुक्तापूँजी ५५ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

उक्त लाभांश अर्थ मन्त्रालयबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्