समय : ०८:०० am | बुधबार , वैशाख ३० गते २०८३

रिलायन्स फाइनान्सले गर्यो लाभांश वितरण नगर्ने निर्णय

अर्थ विशेष | असार ९ गते २०८१

काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७९/०८० का लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । संस्थाको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई गत आवको सञ्चित मुनाफाबाट कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
उक्त बैठकले उक्त आवको वित्तीय विवरण पारित गरी स्वीकृतिका लागि नेपाट राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।

यससँगै संस्थाको सेयरधनीको हात यसपाली रिक्तो हुने भएको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब १२ करोड १४ लाख ५१ हजार ७३० रुपैयाँ रहेको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्