समय : ०३:१५ pm | शनिबार , मंसिर २७ गते २०८२

मर्मतपछि नेपाल एयरलाइन्सको ट्वीनअटर विमान व्यावसायिक उडानमा

अर्थ विशेष | कार्तिक २७ गते २०८२

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्वीनअटर विमान ‘अल्फा ब्राभो ट्याङ्गो’को मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको छ ।

निगमका प्रवक्ता अनिल घिमिरेले विज्ञप्ति जारी गर्दै देशका दुर्गम क्षेत्रमा सेवा दिँदै आएको ट्वीनअटर विमान मर्मत र परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए ।

उक्त विमान गत सेप्टेम्बरदेखि इञ्जिन मर्मत र वार्षिक जाँचका लागि ‘ग्राउण्डेड’ गरिएको थियो। परीक्षणपछि नेपाल एयरलाइन्सले आफ्ना दुवै ट्वीनअटर विमानमार्फत यही कात्तिक २५ गतेदेखि आन्तरिक व्यावसायिक उडान पुनःसुरू भएको जनाएको छ ।

यसले पूर्वी भेगका दुर्गम क्षेत्रतर्फ यात्रुलाई सेवासुविधा थप सहज हुने निगको विश्वास छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्