समय : १०:०६ pm | शुक्रबार , कार्तिक २१ गते २०८२

मन्थलीमा सुविधासम्पन्न आँखा अस्पताल निर्माण

अर्थ विशेष | असाेज ३० गते २०८२

मन्थली (रामेछाप) । तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र मन्थलीले सुविधासम्पन्न भवन निर्माण गरेको छ ।

सो भवनको आज यहाँ एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । कूल एक करोड ५० लाख लागतमा निर्मित १५ कोठे दुई तले पक्की भवनको उद्घाटन भिजन हिमालयन स्वीजरल्यान्डका उपाध्यक्ष रोमन ग्रेनिगरले गरे ।

भवन निर्माणका लागि नेपाल आँखा कार्यक्रम, तिलगङ्गा आँखा प्रतिष्ठान र भिजन हिमालयन स्वीजरल्यान्डको संयुक्त लगानी ५५ प्रतिशत र तिलगङ्गा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापले ४५ प्रतिशत लगानी गरेको हो ।

जिल्लामा एउटै मात्र आँखा अस्पताल भएकाले यस भवनबाट आँखाका रोगीहरुले सेवा लिन थप सहज हुने आँखा केन्द्र रामेछापका अध्यक्ष डा सुमन कर्माचार्यले बताए । यस अघि तिलगङ्गा आखा प्रतिष्ठानको सहयोगमा अस्थायी टहराबाट सेवा सञ्चालन गरिँदै आएको थियो ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्